Public Pana
देहरादुनमा तनहुँकी युवतीको हत्या : भारतीय सेनाका लेफ्टिनेन्ट कर्णेल पक्राउ

नेपालकी युवती श्रेयाको हत्या अभियोगमा भारतीय सेनाका ४२ वर्षीय लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई प्रहरीले पक्राउ गरेर मंगलबार अदालतमा हाजिर गराएको छ ।  
 

अदालतले आरोपी लेफ्टिनेन्ट कर्णेललाई १४ दिनको न्यायिक हिरासतमा राख्न अनुमति दिएको छ । 

उता ज्यान गुमाएकी युवती श्रेयाको शवको पोस्टमार्टममा पनि झमेला भएको थियो। उत्तराखण्ड प्रहरीले ती युवतीका नेपालस्थित परिवारजनको चार दिनसम्म खोजी गरेको थियो । 

घटनाको ७२ घण्टापछि श्रेयाको बुधवार पोस्टमार्टम गरिएको छ । यदि उनका परिवारजन नआएमा उत्तराखण्ड प्रहरी आफैंले शवको अन्तिम संस्कार तयारी गरेको छ । 
समाचारअनुसार आइतबार बिहानै देहरादुनस्थथित प्रहरी कार्यालय सडक क्षेत्रसँगैको सिलवारगढको किनानरको नालामा भेटिएको थियो ।

 

पुलिसले घटनास्थल पुगेर शवको मुचुल्का उठाउँदा युवतीको पहिचान हुन सकेको थिएन । छानबिनपछि पुलिसले पण्डितवाडी निवासी लेफ्टिनेन्ट कर्णेल रामेन्दु उपाध्यायलाई गिरफ्तार गरेको थियो ।
 

उनले श्रेयाको हत्या आफूले गरेको साविती बयान प्रहरीलाई दिएका छन् । कर्णेल उपाध्यायले बिहेका लागि दबाब दिएपछि श्रेयाको हत्या गरेको बताएका छन् । 
 

यस्तोमा उपाध्याय श्रेयालाई आफ्नो जीवनबाट हटाउन शनिबार राति मदिरा पिलाएका थिए । त्यही क्रममा उनले श्रेयालाई लङ ड्राइभमा जाने भन्दै थाना मार्गतिर लगेका थिए ।
 

लेफ्टिनेन्ट कर्णेल उपाध्यायको पोस्टिङ उत्तराखण्डको देहरादुनमा थियो। समाचार अनुसार श्रेया शर्माका रुपमा चिनिने तनहुँको भानु नगरपालिका–६ चोक चिसापानी निवासी सुमित्रा घर्ती कर्णेलबीच पश्चिम बंगालको सिलिगुडीको एक डान्सबारमा भेट भएको थियो । 
 

३० वर्षीया श्रेया सिलिगुडीमा बसेर डान्सबारमा नाच्ने गर्थिन् ।  त्यसै बेलादेखि कर्णेल डान्सबारमा आउनेजाने गरेपछि माया सुरु भएको थियो । 

विवाहित उपाध्यायका डेढ वर्षका छोरा छन् । उपाध्यायलाई उनकै निवासबाट पक्राउ गरिएको हो । 

उनीहरु दुवैजनाबीच करिब २ वर्षदेखि सम्बन्ध रहेको खुलेको छ । सिलगुडीबाट देहरादुन लगेर शर्मालाई उनले सुरुमा होटल र पछि कोठा भाडा लिएर राखेका थिए ।

21694684758.jpg
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update