Public Pana
लिबियामा बाढीका कारण १० हजार हराए

विनाशकारी बाढीबाट प्रभावित लिबियामा दुई अलग क्षेत्रमा अवस्थित प्रतिद्वन्द्वी सरकारहरूले पीडितहरूलाई राहत उपलब्ध गराउन तथा उद्धारमा सहकार्य गरिरहेको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।
 

एउटा समुद्री आँधीका कारण देशको पूर्वी सहर डेर्नामा दुईवटा बाँध भत्किएर आएको विनाशकारी बाढीमा ५,३०० जनाभन्दा बढी मानिसको ज्यान गइसकेको छ ।
 

कम्तीमा १०,००० जना हराइरहेको बताइएको छ र अन्य दशौँ हजार विस्थापित भएका छन् ।
 

डेर्नाका नगरप्रमुखले मृतकको सङ्ख्या १८,००० देखि २०,००० सम्म पुग्न सक्ने अनुमान गरेका छन् ।
 

डेर्नास्थित एक फोटोग्राफरका अनुसार अहिले त्यहाँ भत्किएका घरका भग्नावशेष र बाढीका कारण ज्यान गुमाउनेहरूको शव मात्र देखिन्छ ।
 

संयुक्त राष्ट्रसङ्घका एक अधिकारीका अनुसार देशको पूर्व र पश्चिममा अवस्थित सरकारहरूले अन्तर्राष्ट्रिय सहायताका लागि अह्वान गरेका छन् र एकअर्कासँग समन्वय गरिरहेका छन् ।
 

“दुवै सरकारहरूले सहयोगको अनुरोध गर्दै अन्तर्राष्ट्रिय समुदायलाई सम्पर्क गरेका छन्,” अन्तर्राष्ट्रिय आप्रवसन सङ्गठनका तौहिद पाशाले बीबीसी रेडिओ फोरको वर्ल्ड टुनाइट कार्यक्रममा बताएका छन् ।
 

तौहिद पाशाका अनसुार त्यहाँ प्रदान गरिनुपर्ने सहयोगको स्तरलाई अब छिटो बढाउनुपर्ने छ र त्यसका लागि पैसा आवश्यक हुन्छ ।  

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १४:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update