Public Pana
राजकीय सम्मानका साथ पशुपतिमा गरियो नेम्वाङको अन्त्येष्टि, सेनाले पड्कायो तोप

संविधानसभाका पूवअध्यक्ष एवं प्रतिनिधिसभाका बहालवाला सांसद सुवास नेम्वाङको बिहीवार राजकीय सम्मानका साथ अन्तेष्टि गरिएको छ । 
 

पशुपति आर्यघाटमा आज विहीवार दिउँसो १ बजेको समयमा दुई छोरा मिङ्सो र सुहाङले दागबत्ती दिएर अन्तेष्टि गरिएको हो ।
 

नेम्वाङलाई पशुपति आर्यघाटमा प्रधानमन्त्रीलगायत नेताहरूले अन्तिम श्रद्धाञ्जली दिएका छन् ।

आज  मध्यान्ह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेम्वाङको पार्थिव शरीरमा नेपालको राष्ट्रिय झण्डा ओडाएर राष्ट्रिय सम्मान व्यक्त गरेका थिए । 
 

नेपाली सेनाको टुकडीले आर्यघाटमा सलामी दिएको छ । अन्तेष्टिको बेला सेनाले सैनिक मञ्च टुँडिखेलमा तोप पड्काएर सम्मान व्यक्त गरेको थियो ।

सरकारले नेम्वाङको अन्तेष्टि राजकीय सम्मानका साथ गर्ने निर्णय गरेको थियो । 

pppp;;nnn1694680198.jpg
top-11694678962.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update