Public Pana
नेम्वाङलाई दुई छोराले दिए दागबत्ती

संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरलाई उनका दुई छोराले दागबत्ती दिएका छन् ।

आज बिहीवार दिउसो ठीक १ बजेको समयमा छोराहरू मिङ्सो र सुहाङले दागबत्ती दिएका हुन् ।

उनको अहिले पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेको छ । 
 

पूर्वसभामुख नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ । उनको अस्ति मंगलबार विहान १ बजे (सोमवार राति) निधन भएको हो ।  
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १३:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update