Public Pana
बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत

 

बर्दियामा १५ वर्षीया किशोरी बलात्कृत भएकी छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँसगढी न.पा.-६ दाङपुर दमौली बस्ने ४८ वर्षीय मेघराज अधिकारीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई अधिकारीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update