Public Pana
नेम्वाङको शवयात्रा सुरु

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ।

नेवाङको अन्त्येष्टिका लागि बालुवाटार केही बेरअघि शवयात्रासहित उनको पार्थिव शरीर पशुपतितर्फ लगिएको हो।

नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गरिएको छ। 

नेम्वाङको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ। ने

म्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने तयारी छ।

शव यात्रामा नेकपा एमालेका नेता कार्यकर्ता, समर्थक शुभेच्छुक सयौँ सहभागी छन्। 

नेम्वाङको राजकीय सम्मानसहित अन्त्यष्टि गर्ने निर्णय सरकारले गरेको छ।

नेम्वाङको अन्त्यष्टिका दिन सरकारले आज देशभर शोक बिदा दिएको छ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update