Public Pana
नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु,राजकीय सम्मानका साथ अन्तेष्टी गरिने

संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष  सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ ।
 
नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन बजाउँदै शवयात्रा सुरु गराएको हो ।

उहाँको शब यात्रामा ठुलो संख्यामा शुभेच्छुक, पार्टी कार्यकर्ता, नेता, आफन्तहरु सहभागी छन् । 

उहाँको निजी निवास बालुवाटारबाट सुरु भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाट पुग्ने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update