Public Pana
आईफोन १५ सिरिजको विश्वव्यापी मूल्य निर्धारण

एप्पलले आईफोन १५ लाइनअप सार्वजनिक गरेको छ ।
 

यो नयाँ लाइनअप पहिलेको भन्दा राम्रो भएको दाबी पनि गरेको छ ।
प्रो र नन्प्रो गरी दुबैमा बोस्ट गर्न योग्य धेरै नयाँ फिचर्स समावेश गरिएको र मूल्य निर्धारणको बारेमा जानकारी बाहिर आएका छन् ।

 

जीएसएमएरिनाको रिपोर्टअनुसार अमेरिका, बेलायत, जर्मनी, भारत, चीन र जापानका बजारहरूको मूल्यहरू फरक फरक रहेका छन् ।
 

आईफोन १५ र १५ प्लस १२८ जीबी, २५६ जीबी, ५१२ जीबी ट्रिम्समा आएको छ। आईफोन १५ प्रो १२८ जीबीबाट सुरु भएर १ टीबी स्टोरेजसम्म उपलब्ध हुनेछ। त्यसैगरी प्रो म्याक्स अहिले २५६ जीबीबाट सुरु भएर १ टीबीसम्म जाने उल्लेख छ ।
 

एप्पलले अमेरिकामा १५, १५ प्लस र १५ प्रोको लागि बेस प्राइस (आधार मूल्यहरू) राखेको छ भने प्रो म्याक्समा १०० अमेरिकी डलर बढेको तर समान स्टोरेज अप्सन्स (भण्डारण विकल्पहरू) तुलना गर्दा मूल्य निर्धारण वास्तवमा परिवर्तन नभएको जिकिर गरेको छ ।
 

बेलायत र जर्मनीमा, बेस आईफोन १५ र १५ प्लस अहिले १४ र १४ प्लस भन्दा ५० पाउन्ड स्टर्लिंग-५० यूरो सस्तो भएको उल्लेख छ । साथै १५ प्रो पनि आफ्नो पूर्ववर्ती भन्दा १०० पाउन्ड स्टर्लिंग-१०० यूरो कम भएको जनाइएको छ ।
 

छिमेकी देश भारतमा पनि आईफोन १५ र १५ प्लसका मूल्यहरू तिनीहरूका पूर्ववर्तीहरूको जस्तै भएको तर १५ प्रोको मूल्य १४ प्रो भन्दा ५,९०० भारतीय रुपैयाँले बढी हुनुका साथै १५ प्रो म्याक्समा २०,००० भारतीय रुपैयाँको ठूलो मूल्यवृद्धि भएको उल्लेख छ ।
 

एप्पलले आफ्नो नयाँ आईफोन १५ को लागि सेप्टेम्बर १५ देखि देशहरूको पहिलो लहरमा प्रि–अर्डर लिने र ओपन सेल्स (खुला बिक्री) भने एक हप्ता पछि सेप्टेम्बर २२ देखि लागु हुनेछ ।
Apple-iPhone-15-and-iP1694664256.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update