Public Pana
नेम्वाङको शोकका कारण माओवादीले रोक्यो पार्टी अभियान

सरकारको नेतृत्व गरिरहेको दल नेकपा (माओवादी केन्द्र)ले आजका लागि पार्टीको अभियान रोकेको छ । 
 

गत भाद्र १६ गते देखि माओवादीले तीन महिने विशेष रुपान्तरण अभियान सञ्चालन गदैं आईरहेको छ ।
 

संविधानसभाका अध्यक्ष तथा नेकपा एमाले उपाध्यक्ष सुवास नेम्वाङको आज राजकीय सम्मानका साथ दिउँसो ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने कार्यक्रम रहेको र नेम्वाङको शोकमा आज एक दिनका लागि माओवादीले आफनो पार्टीका कार्यक्रम स्थगित गर्ने निर्णय गरेको हो ।
 

उनको निधनको शोकमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ । उनको राजकीय सम्मानका साथ अत्येष्टि गर्ने सरकारले निर्णय गरिसकेको छ ।
 

नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न पार्टीका सार्वजनिक कार्यक्रम र अभियान रोक्न माओवादीले मातहातका सम्पूर्ण पार्टी पंक्तिमा आन्तरिक निर्देशन समेत गरेको छ ।
 

‘नेम्वाङको सम्मानमा श्रद्दा ब्यक्त गर्न आज बिहिबार एक दिनका लागि पार्टीले सञ्चालन गरिरहेको अभियानका आन्तरिक कोठाहरुमा गरिने बैठक र छलफल बाहेकका सार्वजनिक कार्यक्रम स्थगित गर्न केन्द्रीय निर्देशन छ,’ नेकपा माओवादी उपत्यका विशेष प्रदेश अध्यक्ष जगत सिंम्खडाले भने,–‘त्यही निर्देशन अनुसार आजका सार्वजनिक कार्यक्रम र अभियान पार्टीको रोकिन्छ ।’
 

नेम्वाङको अस्ति मंगलबार बिहान १ बजे निधन भएको थियो ।


 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update