Public Pana
एसिया कपको निर्णायक भिडन्त

एसिया कप क्रिकेटको फाइनलमा पुग्न आज पाकिस्तान र श्रीलंका जित्नैपर्ने खेल खेल्दैछन् ।

सुपर ४ को खेल जसले जित्यो उसैले फाइनलमा भारतसँग भिडन्त गर्नेछ ।
 

भारत भने सुपर ४ मा पाकिस्तान र घरेलु टोली श्रीलंकालाई पाखा लगाउँदै एक खेलअघि नै फाइनलमा पुगिसकेको छ । 
 

आज कोलम्बोस्थित प्रेमदासामा पाकिस्तान र घरेलु टोली उत्रँदा दुवै स्पष्ट जितको खोजीमा हुनेछन् । पराजित टोली प्रतियोगिताबाट बाहिरिने छ । 
 

समूह ‘ए’मा रहेको सहआयोजक पाकिस्तानले सुपर ४ मा आइपुग्न नेपाललाई पराजित गरेको थियो भने भारतसँग अंक बाँडेको थियो । खेल वर्षाले बिथोलिएपछि दुवै टोलीले एक–एक अंक बाँडेका थिए । 
 

अर्कोतिर श्रीलंकाले भने समूह ‘बी’का दुवै खेल जितेको थियो । उसले बंगलादेश र अफगानिस्तानलाई हराएको थियो ।
 

एकदिवसीय (ओडीआई) खेलमा श्रीलंकामाथि पाकिस्तान हाबी छ । 
 

भारत एक खेलअघि नै फाइनलमा प्रवेश गरिसकेको छ भने बंगलादेश बाहिरिइसकको छ ।

अब भारतले अर्थहीन खेलमा बंगलादेशसँग भोली शुक्रवार प्रतिस्पर्धा गर्न बाँकी छ ।
एसिया कपमा पहिलो पटक सहभागिता जनाएको नेपाल र अफगानिस्तान भने पहिलो चरणबाटै बाहिरिएका थिए । 

 

फाइनल खेल १७ सेप्टेम्बर आगामी आइतबार श्रीलंकाको कोलम्बोस्थित प्रेमादासा रंगशालामा हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०८:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update