Public Pana
रामेछापबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना हुँदा सात जना घाइते

रामेछापबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् ।
 

रामेछापको सुनपातीबाट काठमाडौं आउँदै गरेको बा ३ ख ५९६० नम्बरको बस आफैं अनियन्त्रित भई सुनापातीकै भलायखर्क भन्ने स्थानमा पल्टिँदा सात जना घाइते भएका जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
 

बसमा २० यात्रु सवार थिए ।

घाइतेलाई उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको जिल्ला प्रहरी प्रमुख डिएसपी होम पराजुलीले जानकारी दिए ।
 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update