Public Pana
आज मोतीराम जन्म जयन्ती

आजको दिन नेपाली साहित्य नक्षत्रका युवा कवि मोतीराम भट्टको जन्म जयन्ती पनि हो । 

कुमाऊगढका पण्डित दयाराम भट्ट र रिपुमर्दिनी देवीको कोखबाट १९२३ साल, भाद्र २५ गते कुशे औँसीका दिन काठमाडौँको भोसिको टोलमा उनको जन्म भएको थियो ।

दरबार हाइस्कूलमा गनिएका राणा खानदानका बीच शिक्षा लिने अवसर प्राप्त गर्ने थोरै नेपालीमध्ये एक मोतीराम ६ वर्षकै कलिलो उमेरमा स–परिवार भारतको बनारसतर्फ लागेका थिए ।

प्रवास बसाइको सिलसिलामा मोतीरामले उर्दू साहित्यको पनि गहन अध्ययन गरेको पाइन्छ । जसको फलस्वरूप केही उर्दू भाषाका नाटक समेत उनले लेखेका थिए ।

नेपाली साहित्यिक कौशललाई मलजल गर्न र यसको विकासका लागि उनले आफ्नो जीवनको अत्यन्त कम समयमा गरेको प्रयास अतुलनीय छ । नेपाली साहित्यमा समालोचनाको प्रारम्भ गर्ने मोतीरामलाई आदिकवि भानुभक्तसँगै श्रद्धापूर्वक लिइने पहिलो नाम पनि हो ।

साहित्यिक अग्रता मात्र नभई उनमा राष्ट्रियता र नेपालीपनमा गर्व थियो भन्ने कुरा उनको यो लेखनले स्पष्ट पार्छ :

अचल झन्डा फर्कोस् फरफर गरी कान्तिपुरीमा
रिपुको मन थर्कोस् थरथर गरी छण घरीमा
यावन्तले राज गर्दा कति पतित हिन्दूस्थल भयो
फगत यो नेपालको मुलुक बची कञ्चन रही गयो।

कहाँसम्म्को आँट लौ हेर तिन्को
रिसाएर आँखा पनि तर्न लागे
एकै पल्ट आँखा घुमाई दिनाले
कति मर्न लागे कति डर्न लागे

पक्कै पनि उनका शृङ्गार रसका भावहरूबाट प्रभावित भएर आफ्ना रचनाहरूमा मोतीराम भट्टलाई सम्झिएकै हुनुपर्छ ।
यिनै मोतीराम प्रति कोटी कोटी जय !

 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update