Public Pana

आज औँसी अर्थात् चन्द्रविनाको चूक झैँ अँध्यारो रात, आजको दिन बिहानै कुशलाई घरमा भित्र्याइन्छ ।

कुशको महिमालाई श्रीमद्भागवत गीता, गरुड पुराण, अथर्व वेद र विष्णु पुराण मासमेत वर्णन गरिएको छ ।

हिन्दु धर्मको दैनिकी र संस्कारहरू अत्यन्तै वैज्ञानिक छन्, गीता र वेद नै आविष्कारका जननी हुन् ।

आधुनिकताको खोल ओढेर सनातन संस्कारउपर खिस्सीट्यूरी गर्ने जमातले पनि सनातन संस्कार र व्यवहारिक पक्षलाई घनीभूत आत्मसात् गर्न थालेका छन् ।

एउटा वैज्ञानिक प्रयोगका क्रममा एक मुठ्ठी कुशलाई विकीरण माँझमा राख्दा कुशले सम्पूर्ण विकिरण आफूबाट परिवर्तित गरेको पाइयो । 
यस प्रकारले सनातन संस्कारमा कुशको सदासर्वदा प्रयोगले प्राचीन विज्ञानको अभिलेख र प्रभावकारी व्यवहारिक जीवनशैली प्रस्तुत गरेको छ । 

 

वैज्ञानिक रूपमै सिद्ध यस अदभूत् कुशबाट बनेका औँठी र अन्य सांस्कृतिक प्रयोगमा एकपछि अर्को पीढीले हिन्दु धर्मले सामान्य जीवनमा समेत प्रयोग गर्न सबैलाई प्रोत्साहित गर्छ । 
 

दाहिने हातको औँलामा कुशलाई औंठीका रूपमा प्रयोग गर्दा वातावरणमा भएका गलत तरङ्ग र विकिरणहरू निस्तेज गर्ने विश्वास र विज्ञानतः प्रमाणित सिद्धान्तहरूले स्पष्ट पार्छन् ।
 

मातृ देवो भव ।
पितृ देवो भव ।।
गुरू देवो भव ।।।
अर्थातः आमा, बुवा, गुरु सबै भगवान् हुन् ।

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update