Public Pana
सुवास नेम्वाङको अन्त्येष्टि आज बिहान ११ बजे  -  राजकीय सम्मानका साथ

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि आज (बिहीबार) बिहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ हुने भएको छ । 
 

एमालेले बुधबार विज्ञप्ति जारी गर्दै उपाध्यक्ष नेम्वाङको  शवयात्राको रुट पनि तय भएको जनाएको हो । 
 

केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ उपाध्यक्ष नेम्वाङको अन्त्येष्टि आज भदौ २८ गते विहान ११ बजे पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ गरिने भएको छ । 
 

उनको शवयात्रा त्यसअघि नै हुने हुँदा शवयात्रामा सहभागी भई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि आ–आफ्नो अनुकूलतामा निजी सवारी साधन हुनेहरू शङ्खपार्क, धुम्वाराही र सवारी साधन नहुनेहरू गौशाला (वडा प्रहरी कार्यालय अगाडि) पुग्न हुन अनुरोध गरिन्छ । 
 

सुवासको शवयात्राको रुट बालुवाटारबाट शिक्षण अस्पताल, महाराजगञ्ज– नारायणगोपाल चोक–धुम्वाराही–चावहिल– गौशाला हुँदै पशुपति आर्यघाट रहेको छ ।’ 
 

नेम्वाङप्रति बुधबार विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित महानुभावहरू, उच्चपदस्थ अधिकारी, पार्टीका नेता

कार्यकर्ता, शुभेच्छुक लगायतले श्रद्धाञ्जली अर्पण गरेको एमालेले जनाएको छ । 
 

चीन भ्रमण छोट्याई हिजै स्वदेश फर्किएका महासचिव शंकर पोखरेलले पनि उपाध्यक्ष नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

subas-nembang-deah-dody_1694653688.jpg
suva-- uml1694650924.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०६:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update