Public Pana
काठमाडौंका मेयर बालेन ‘द न्यूयोर्क टाइम्स’ को उत्कृष्ठमा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह प्रतिष्ठित टाइम पत्रिकाको उदीयमान १ सय नेताहरूको सूचीमा परेका छन् । 
 

र्ष व्यक्ति, टाइम १०० लगायतमा वर्षका प्रभावशाली व्यक्तिहरूको सूची प्रकाशन गर्दै आएको टाइमले स्वास्थ्य, वातावरण, खेल, व्यवसाय, राजनीति कलाजस्ता क्षेत्रका उदाउँदा नेताहरूको सूचीमा मेयर शाहलाई पनि समावेश गरेको हो ।

 

द न्यूयोर्क टाइम्सले पाँच महिनाअघि शाहबारे प्रोफाइल पनि प्रकाशित गरेको थियो ।

शाहलाई ‘२०२३ टाइम १०० नेक्स्ट’ सूचीमा समावेश गर्दै उनले गत स्थानीय तहको निर्वाचनमा हासिल गरेको अप्रत्याशित जीतको चर्चा गरेको छ । 

स्वतन्त्र उम्मेदवार शाहले सामाजिक सञ्जालको प्रयोग गरेर मतदाताको निराशालाई पक्रँदै ‘बालेन प्रभाव’ सिर्जना गरेको जिकिर गरेको छ ।

यसैले गर्दा देशभर ३८५ जना स्वतन्त्र उम्मेदवारले दिग्गज राजनीतिज्ञहरूलाई हराउन सफल भएको उल्लेख गरेको छ  । 

निर्वाचनअघि आफूले गरेका वाचा पूरा गर्नका लागि चालेका केही कदम, विशेष गरेर सहरका गरिबमाथि परेको प्रभावका कारण, ले आलोचना पनि खेप्न परिरहेको जनाइएको छ ।

balen meeting1689496706.jpg

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  ०५:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update