Public Pana
सुनसरी जिल्ला अदालतले सिद्धबाबाविरुद्धको बलात्कार मुद्दा दाबी नपुग्ने ठहर गर्यो

जिल्ला अदालत सुनसरी सिद्धाबाबा भनिने कृष्णबहादुर गिरीविरुद्धको जबरजस्ती करण मुद्दामा दाबी नपुग्ने ठहर गरेको छ । 

२०७९ असार १४ गते एकजना महिलाले हालेको उक्त बलात्कार मुद्दाको बुधबार सुनुवाइ गर्दै जिल्ला अदालत सुनसरीका न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठरह गरेको हो । 

सिद्वबाबा, रामकृष्णाचार्य, श्री वैष्णवकृष्ण दास भन्ने कृष्णबहादुर गिरीविरुद्ध  परेको उक्त मुद्दाको सुनुवाइका क्रममा दोस्रो पटक पनि उनलाई सफाइ दिएको हो । 

यसअघि जिल्ला अदालत सुनसरीले एकजना अनुयायीले हालेको मुद्दामाथि सुनुवाइ गर्दै सिद्धबाबाले बलात्कार गरेको नभई पीडित स्वयम्ले ‘शरीर समर्पण’गरेको भन्दै सफाइ दिएको थियो । 

न्यायाधीश कोइरालाले आफ्नो ‘राय किताब’मा नेपाल सरकारसमेत बादी रहेको उक्त मुद्दामा निवेदकको दाबी नपुग्ने फैसला गरेका हुन् । 

यसअघि एक अनुयायीले हालेको मुद्दामा जिल्ला अदालत सुनसरीले २०७७ मंसिर २२ गते फैसला गर्दै करणी भएको तर सहमतिमै भएको भनेपछि पीडित २६ वर्षीया महिलाले उच्च अदालत (विराटनगर) मा पुनरावेदन दिएकी थिइन्।  

यस्तै प्रतिवादी गिरीले पनि जिल्ला अदालतको फैसलाले आफ्नो ब्रह्मचार्यमा प्रश्न उठाएको भन्दै सफाइको माग गरेर पुनरावेदन निवेदन गरेका थिए ।

दुवै पक्षले जिल्लाको फैसलामाथि पुनरावेदन गरेपछि उच्च अदालतले जिल्लामा नै पुनः पठाउने ठहर गरेको थियो ।

सोलुखुम्बु घर भएका गिरी सुनसरीको बराहक्षेत्रस्थित धार्मिकस्थलमा बसेर आफूलाई बाल ब्रह्मचारी भएको दाबी गर्थे । उनैले आफूलाई बलात्कार गरेको भन्दै एक जना भक्तालु महिलाले २०७७ मंसिर ११ गते महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी गरेकी थिइन् । 

उजुरीमा उनले कात्तिक ४ गते सिद्धबाबाले आश्रममै बोलाएर आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । 

sidda_baba1694609479.jpeg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update