Public Pana

चाड पर्व नजिकिए संगै उदयपुरमा बजार अनुगमनलाई तिब्रता दिइएको छ । 
 

बजारमा अखाद्य पद्धार्थको विक्री वितरण भएको गुनासो आउन थालेपछी जिल्ला प्रशासन कार्यालय उदयपुरले बजार अनुगमनलाई तिब्रता दिएको छ । 
 

जिल्ला स्थित संयुक्त जिल्ला अनुगमन समितिले सदरमुकाम गाईघाट बजारका पसलहरुमा नियमित अनुगमन शुरु गरेको हो ।
 

चाडपर्व सुरु भएसगै व्यापारीले म्याद गुज्रेका बस्तुहरु बिक्री गर्ने, अखाद्य बस्तुको वेचविखन गर्ने, दैनिक उपभोग्य बस्तुहरुको कृतिम अभाव सृजना गर्ने जस्ता गुनासो आएपछि बजार अनुगमन गरिएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताए ।
 

टोलीले २७ वटा पसलमा अनुगमन गरेकोमा ८ वटा पसललाई सचेत गराएको र करिब ५० हजार बराबरको अखाद्य पद्धार्थ जफत गरिएको जिल्ला घरेलु कार्यालयका अधिकृत कृष्ण घिमिरेले जानकारी दिए ।
 

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा काार्यलय, त्रियुगा नगरपालिकाको कार्यालय, उद्योग बाणिज्य संघ, पत्रकार र प्रहरी सहितको टोलीले गाईघाट बजारका विभिन्न पसलहरुको अनुगमन गरेको छ । 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update