Public Pana

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले सुन तस्कर समूहका नाइके दावा छिरिङसँग नेपाल सरकारका एक सहसचिव र दुई पूर्व महानिरीक्षकको सम्बन्ध रहेकोबारे अनुसन्धान चलिरहेको जनाएको छ ।

अहिले नै अभियोजन गर्नुपर्ने अवस्था भने सृजना नभएको सीआईबीको भनाइ छ ।

प्रहरीले मुद्दा अभियोजनका लागि ५० जनालाई प्रतिवादी बनाएर प्रतिवेदन आज बुधवार नै सरकारी वकिलको कार्यालयलाई बुझाउँदैछ ।

विमानस्थल भन्सार बाहिरबाट समातिएको करिब ६१ केजी सुनको अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा पत्रकारको एक प्रश्नमा डीआइजी यज्ञ विनोद पोखरेलले भविष्यको अनुसन्धानबाट खुलेमा भविष्यमा कोही नछुट्ने बताए ।

‘दावा छिरिङसँग सहसचिव र पूर्व प्रहरी महानिरीक्षकसँग सम्बन्ध रहेकोबारे सबै एंगलबाट अनुसन्धान गरेका छौं, १८ जना फरार प्रतिवादी भएको तथा १० वटा घटनास्थल भएकोले अन्य पाटामा अनुसन्धान चलिरहेको छ ।

अहिलेसम्मको अनुसन्धानबाट अभियोजन गर्नुपर्ने अवस्था सृजना नभएकोले भविष्यको अनुसन्धानबाट खुलेमा कोही छुट्ने छैनन्,’ पोखरेलले भने । 

दावासँगको सम्पर्क रहेको पाइएपछि गृह मन्त्रालयले अध्यागमनका तत्कालीन महानिर्देशक झलकराम अधिकारीलाई गृहमन्त्रालय तानेको थियो ।

यस्तै नेपाल प्रहरीका दुई पूर्वमहानिरीक्षकसँग समेत दावाको सम्बन्ध रहेको सार्वजनिक भएको थियो । दावासँगको सम्बनध लिक भएपछि उनलाई भदौ ७ गते मन्त्रालयमा तानिएको थियो । 

सुन तस्करीका लागि खोलिएका ६ वटा कम्पनी मध्ये एउटाको मात्र अनुसन्धान पूरा भएकोले भविष्यमा नयाँ तथ्य खुल्दै जाने सम्भावना रहेकोले सीआईबीको तर्फबाट अनुसन्धानको नेतृत्व गरेका एसपी संजयसिंह थापाले जानकारी दिए । 

cib_1694593745.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १४:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update