Public Pana
पृथ्वीबाहिर ६ नयाँ संसार

पृथ्वीबाहिर जीवनको खोजीमा वैज्ञानिकहरूले मंगल र शुक्रजस्ता ग्रहहरूको खोजी गरिरहेका छन् ।

यसका साथमा उनीहरूले एक्सोप्लानेट्समा पनि नजर राखेका छन् ।

हाम्रो सूर्यको वरिपरि घुम्ने नभई अन्य ताराको वरिपरि घुम्ने ग्रहहरूलाई एक्सोप्लानेट्स भनिन्छ ।

अन्तरिक्ष एजेन्सीहरूले पृथ्वी बाहिरको जीवनको खोज एक्सोप्लानेटमा पनि पूरा गर्न सकिने ठान्छन।

तर तिनीहरूको संख्या एक वा दुईमा होइन । 

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले हाम्रो सौर्यमण्डलबाहिर ५ हजार ५०२ एक्सोप्लानेट रहेको आधिकारिक रूपमा पुष्टि गरेको छ ।

नयाँ ग्रह खोज्न वैज्ञानिकहरूले अवसर पाएका छन् । तिनीहरूले अब पृथ्वी बाहिर जीवन सम्भव हुन सक्छ भनेर जान्न त्यस्ता ग्रहहरू विस्तृत रूपमा अन्वेषण गर्न सक्छन् ।

सूचीमा ६ नयाँ एक्सोप्लानेट्स थपिएका छन् ।

तिनीहरूको नाम  एचडी ३६३८४ बी (HD 36384 b), टीओआई-१९८ बी (TOI-198 b), टीओआई-२०९५ बी(TOI-2095 b), टीओआई-२०९५ सी(TOI-2095 c), टीओआई-४८६० बी (TOI-4860 b) र एमडब्ल्यूसी ७५८ सी (MWC 758 c) रहेको छ। 

यी नयाँ एक्सोप्लानेट्समा पृथ्वी जस्तै चट्टानी संरचना भएको ग्रह, बृहस्पति भन्दा ठूलो ग्यासयुक्त एक्सोप्लानेट र नेप्च्युन जस्तो एक्सोप्लानेट समावेश छ ।

यी एक्सोप्लानेट्स नासाको एक्सोप्लानेट आर्काइभमा सूचीबद्ध छन् ।
 

सूचीमा प्रत्येक एक्सोप्लानेटको विशेषताहरु पनि उल्लेख गरिएको छ । एक्सोप्लानेट पहिलो पटक सन् १९९२ मा पत्ता लागेको थियो ।

त्यसपछि वैज्ञानिकहरूले पहिलो पटक हाम्रो आकाशगंगामा आफ्नो उपस्थिति पत्ता लगाए ।

त्यसपछि एकपछि अर्को ग्रह पत्ता लाग्न थाले पनि अहिलेसम्म कुनै पनि ग्रहमा जीवनको उपस्थिति पुष्टि भएको छैन ।

एक्सोप्लानेट्स पत्ता लगाउन पृथ्वीमा आधारित टेलिस्कोपका साथै अन्तरिक्षमा आधारित टेलिस्कोपको सहयोग लिइएको छ ।

नासाले २०१८ मा ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटेलाइट (टेस /TESS) प्रक्षेपण गर्यो, जसको सहयोगमा वैज्ञानिकहरूले ३२० भन्दा बढी एक्सोप्लानेट्स पत्ता लगाउन सफल भएका छन् ।

नासाको स्पिट्जर, हबल र जेम्स वेब स्पेस टेलिस्कोपले पनि धेरै एक्सोप्लानेट्स पत्ता लगाएका छन् ।

55001694592108.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update