Public Pana
नेम्वाङको पार्थिव शरीर निजी निवासमा 

नेकपा (एमाले) का उपाध्यक्ष तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर बालुवाछारस्थित निजी निवासमा लगिएको छ ।

आज दिउँसोपछि बालुवाटारस्थित निवासमा राखिने कार्यक्रम अनुसार आफन्तजन, इष्टमित्र र परिवारका सदस्यबाट अन्तिम श्रद्धाञ्जलि अर्पण गर्न शव निवासमा लगिएको एमाले कार्यालयले जनाएको छ । 

सर्वसाधारण तथा दलका नेतालाई श्रद्धाञ्जलिका लागि आज केहिबेरअघिसम्म ललितपुरको च्यासलस्थित एमाले पार्टी केन्द्रीय कार्यालयमा राखिएको हो । 

विदेशबाट छोराहरू आउनेक्रम जारी रहेको एक जना नेपाल पुगिसकेको र अर्का एकजना पुगिसकेपछि नेम्वाङको शरिरको अन्त्येष्टि भोली बिहीबार राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा गरिने छ ।

एमालेले उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

भोली सार्वजनिक विदासँगै भोली सरकारी कार्यालयमा समेत नेपाली राष्ट्रिय झण्डा आधा झुकाउने कार्यक्रम छ ।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १३:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update