Public Pana
५० जनालाई प्रतिवादी बनाउनुपर्ने सीआईबीको निष्कर्ष  

करिब ६१ किलो सुन प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ३ अर्ब ५० करोड २ लाख बिगो कायम गरेर मुद्दा दायर गर्न सिफारिश गरेको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाउने तयारी गरिएको अनुसन्धान प्रतिवेदनमा सीआईबीले उक्त रकम बराबर बिगो कायम गर्नुपर्ने राय पेश गरेको हो ।

यही समूहले ३०२ दशमलब ६२ किलो थप सुन भित्र्याएको पाइएको भन्दै सीआईबीले त्यस आधारमा बिगो कायम गर्नुपर्ने निष्कर्ष पेश गरेको सीआईबीका प्रमुख किरण बज्राचार्यले जानकारी दिइन् ।

पब्लिकपानासँग कुरा गर्दै उनले पक्राउ परेकामध्ये २३ नेपाली र ९ जना विदेशी नागरिक रहेको, फरार १८ मध्ये १४ जना विदेशी र ४ नेपाली उल्लेख गरिन् ।

विमानस्थल भन्सार पास भइसकेको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागको टोलीले गत साउन २ गते बरामद गरेको थियो ।

१८ दिन विभागले अनुसन्धान गरेर त्यसपछि सीआईबीलाई अनुसन्धानको जिम्मा लगाइएको हो ।

अनुसन्धानका क्रममा यही समूहले थप सुन पनि भित्र्याएको पाइएको छ ।

सरकारी वकिलको कार्यालय काठमाडौंमा बुझाइसकेपछि अनुसन्धानको प्रकृया पूरा भएको ठहरिय सीआईबीमा पनि सरुवा हेरफेर हुने गृहमन्त्रालयले जनाएको छ । 
cib-ok1694588557.jpg

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update