Public Pana
सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन आज सरकारी वकिललाई बुझाउने 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले आज हङकङबाट ल्याइएको झण्डै ६१ किलो सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाउने तयारी गरेको छ ।
 

हिजो मंगलबार बुझाउने भनिएपनि प्रतिवेदन लेखनमा ढिलाई भएकाले आज बुधबार बुझाउने तयारी भएको सीआईबीले जनाएको छ ।
 

संगठित अपराधको मुद्दामा ६० दिनभित्र मुद्दा दायर भैसक्नुपर्छ । भदौ ३१ गते यो काण्डको ६० दिन पुग्छ । 
 

सीआईबीको प्रतिवेदनको आधारमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गर्नेछ । 
 

‘बयान लिने र सोधपुछ कार्य चलिरहेकाले सीआईबीले हिजो प्रतिवेदन बुझाएको छैन । प्रतिवेदन लेख्ने काम पनि बाँकी रहेछ । आजसम्म सरकारी वकिल कार्यालयमा आइपुग्छ ,’ सरकारी वकिल कार्यालय काठमाडौंका प्रवक्ता महेश खत्रीले पब्लिकपानासँग भने । 
सो प्रकरणमा अहिलेसम्म ३१ जना पक्राउ परेका छन् भने ३० जना प्रहरी हिरासतमा छन् ।

 

पक्राउ पर्नेमा त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीसहित नेपाली, भारतीय र चिनियाँ नागरिक पनि रहेका छन् ।
 

गत साउन ३ गते राजस्व अनुसन्धान विभागले भन्सार पास भएको सुन पक्राउ गरेको थियो । 
 

विभागले आवश्यक अनुसन्धान सकेको १८ दिनपछि सुन प्रकरणको अनुसन्धान सीआईबीलाई दिएको थियो ।

Gold baramad1689960516.jpeg
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०६:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update