Public Pana
आज प्रतिनिधि सभाको बैठक नबस्ने : नेम्वाङको निधन

आज बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । 
 

संविधान सभा अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनका कारण आज बुधबारका लागि तय भएको बैठक भोली बिहीबार बस्नेगरी सरेको हो । 
 

बैठक पर्सी भदौ २८ गते बिहिबार दिउँसो ३ बजे बस्ने छ । 
 

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको हिजो मंगलबार बिहान १ बजे (सोमबार राति) काठमाडौँमा हृदयघातबाट निधन भएको थियो ।
 

उनको राजकीय सम्मानसाथ भोली अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।
 

यस्तै उनको अन्तिम संस्कार गरिने दिन अर्थात् भोली देशैभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ ।

nem--1694528520.jpg
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update