Public Pana
धरानका उपमेयरको घरमा हतियारधारीको आक्रमण 

धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघाको घरमा हतियारधारी समूहले आक्रमण गरेको छ ।
 

हतियारसहित घरमा पसेको समूहले उपप्रमुखका भाइ विष्णु बेघामाथि खुकुरी प्रहार गरेका हुन् ।
 

खुकुरी प्रहारबाट विष्णु बेघाको देब्रे गालामा चोट लागेको छ ।
 

उनको स्थानीय अस्पतालमा उपचार गरिएको छ ।
 

धरान– १५ स्थित बेघाको घरमा हतियारधारी समूहले ढुंगामुढासमेत गरेको प्रत्यक्षदर्शीले बताएका छन् । 
 

अइन्द्रविक्रम माओवादी केन्द्रबाट धरान उपमहानगरपालिकाको उपमेयरमा निर्वाचित भएका थिए ।
 

आफ्नो घरमा आक्रमण भएपछि उपप्रमुख बेघाले फेसबुक लाइभ गर्दै प्रहरीलाई खबर गरेका छन् ।
 

इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले सूचना पाउनेबित्तिकै प्रहरी परिचालन गरेको जानकारी दिँदै घटनाबारे विस्तृत विवरण प्राप्त नभएको बताए ।
 

प्रकाशित मिति: बुधबार, भदौ २७, २०८०  ०५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update