Public Pana
प्रधानाध्यापक उपाध्याय साढे १४ हजार घुससहितअख्तियारको नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले साढे १४ हजार रुपैयाँ घुससहित प्रधानाध्यापकलाई  नियन्त्रणमा लिएको छ । 

अख्तियारको बुटवल कार्यालयले बर्दियाको सरस्वती बाल प्राथमिक विद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई नियन्त्रणमा लिएको हो । 

उपाध्यायले हाजिरी गराउन सहजीकरण गरिदिने भन्दै  सेवाग्राहीसँग साढे १४ हजार घुस लिएको अख्तियारले जनाएको छ । 
 

सो रकम लिएको अवस्थामा उनलाई मंगलबार नियन्त्रणमा लिएको अख्तियारको भनाइ छ ।

उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update