Public Pana
नेम्वाङको निधनका कारण भोलीको संसद बैठक सर्यो

भोली बुधबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको छ । 

संविधान सभा अध्यक्ष, पूर्वसभामुख तथा वर्तमान प्रतिनिधिसभा सदस्य सुवास नेम्वाङको निधनका कारण भोली बुधबारका लागि तय भएको बैठक पर्सी बिहीबार बस्नेगरी सरेको हो । 

बैठक पर्सी भदौ २८ गते दिउँसो ३ बजे बस्ने छ । 

नेकपा एमालेका उपाध्यक्षसमेत रहेका नेम्वाङको मंगलबार बिहान काठमाडौँमा हृदयघातबाट निधन भएको थियो ।
उनको राजकीय सम्मानसाथ अन्त्येष्टि गर्ने निर्णय सरकारले गरेको छ ।

यस्तै उनको अन्तिम संस्कार गरिने दिनमा देशैभर सार्वजनिक बिदा दिने निर्णय पनि सरकारले गरेको छ । 
sandad bhawan-1690370048.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update