Public Pana
मृत्यु बाजा बजाएर आउँदैन :  धरानमा सुवास नेम्वाङको अन्तिम भाषण 

गत शनिबार एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले धरानमा भाषण गर्दा भनेका थिए, मृत्यु बाजा बजाएर आउँदैन ।

त्यही भाषण नै नेम्वाङको अन्तिम भाषणका रुपमा रेकर्डमा रह्यो ।
 

आफ्नो अन्तिम भाषणमा नेम्वाङ खुल्ला एवं भावुक रुपमा प्रस्तुत भए । 
 

पुरानै बानी अनुसार उनी हँसिलो तर गम्भीररुपमा प्रस्तुत भएका थिए ।

आफूमाथि लाग्ने गरेको ‘पहिचानविरोधी’ को आरोपबाट नेम्वाङको चित्त दुःखेको रहेछ । 
 

आफूलाई पहिचानविरोधी भन्नेहरुलाई पनि नेम्वाङले हाँसीहाँसी जवाफ दिए । उनको यही जवाफ नै आफूमाथिको अन्तिम प्रतिवाद बन्न पुग्यो ।
 

आफूमाथि पहिचानविरोधी आरोप लगाउनेहरु ‘नर्क जाने’ नेम्वाङले भाषणका क्रममा बताए । 
 

उनले आफूमाथि आरोप लगाउनेले नर्कमा जान्छ भनेपनि आफू कम्युनिष्ट भएकाले स्वर्ग–नर्कमा विश्वास नरहेको उल्लेख गरेका थिए । 
 

दुर्भाग्यवश यो नै अन्तिम भाषणको रेकर्ड भयो ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update