Public Pana
पर्सीे अन्त्येष्टि हुने सुवास नेम्वाङको 

संविधान सभाका अध्यक्ष  सुवास नेम्वाङको अन्त्येष्टि पर्सि बिहीबार बिहान ११ बजे हुने भएको छ ।
 

आज मंगलबार बसेको एमाले सचिवालय बैठकले यो निर्णय गरेको हो । 
 

सरकारले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गर्दै अन्त्येष्टिका दिन शोक विदा दिने निर्णय गरेको छ ।

सो दिन सरकारी कार्यालयहरूमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

एमालेले पनि शोकमा सबै औपचारिक कार्यक्रमहरू स्थगित गरेको छ। एमालेले पार्टीको झण्डा तीन दिन आधा झुकाउने निर्णय गरेको छ ।
 

बेलायतमा रहेका नेम्वाङका जेठा छोरा मिङ्सो नेम्वाङ भोलि दिउँसो ४ बजेपछि मात्रै नेपाल आइपुग्दै छन्।

१५ दिन अघि अष्ट्रेलिया गएका कान्छा छोरा सुहाङ भने आजै राति ११ बजे काठमाडौं पुग्नेछन् ।
 

छोराहरू आएपछिमात्रै अन्त्येष्टि गर्ने परिवारले आग्रह गरेका कारण भोलि दिनभर पनि नेम्वाङको पार्थिव शरीर पार्टी केन्द्रीय कार्यलय च्यासलमा राखिने छ । 
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १७:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update