Public Pana

नाडा अटो शो–२०२३ सुरू भएको छ । कोरोनाको लकडाउनले गर्दा लगातार ३ वर्ष नभएको शो यो वर्ष भएको हो ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले अटो शोको समुद्घाटन गरेका हुन्  ।

नाडा अटो शो समुद्घाटन कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रको समस्या समाधान हुँदै गएको बताएका छन् । 

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष धुब्र थापाले ३ वर्षपछि शो सुरू भएको बताए । गत वर्ष सरकारले आयातमा प्रतिबन्ध लगाउँदा नाडा इभी एक्स्पो मात्रै गरिएको उनले बताए ।

उनले सरकारले विद्युतीय गाडीमा आफ्नै नीति विपरित हरेक वर्ष कर बढाउने गरेको छ । उनले सरकारलाई हायरप्रचेज कर्जा सहज बनाउन आग्रह गरेका छन् ।

अटो  शोमा दुईपांग्रे, चारपांग्रे, अटो पार्टस् लगायतका स्टल सहभागी रहेको र ६ दिनसम्म अटो शो चल्ने छ । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update