Public Pana
त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो सुन बरामद

त्रिभुवन विमानस्थल बाहिरबाट एक किलो अवैध सुन बरामद भएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंको विशेष टोलीले आज सुन बरामद भएको हो ।

उक्त सुन विदेशबाट विमानमार्फत् आएको होे ।

महानगरीय प्रहरी परिसर काठामडौंको टोलीले भन्सार जाँचपास भएर ट्याक्सी क्षेत्रमा आइसकेको उक्त सुन बरामद गरेको हो ।
प्रहरीका अनुसार सुन बोक्न प्रयोग गरिएका ट्याक्सी चालक समातिएका छन् । तर उनको विवरण खुलाइएको छैन ।
 

उक्त सुन बुझ्न गएका व्यक्ति भने भाग्न सफल भएको स्रोतले जनाएको छ । अहिले ती भागेका व्यक्तिको खोजीमा प्रहरी परिचालन भएको छ ।
 

त्यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १५:००
प्रतिक्रिया दिनुहोस्
Weather Update