Public Pana

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले चितवनस्थीत भरतपुर अस्पतालको निरिक्षण गरेका छन् ।
 

अस्पताल निरीक्षणका क्रममा मन्त्री बस्नेतले पूर्वाधार सेवा लगाएतका बिषयमा चासो राखेका थिए ।

उनले अस्पतालका सेवा सुविधाबारे बिरामीहरुलाई जिज्ञासा समेत राखेका थिए ।
 

सो क्रममा मन्त्री बस्नेतले देशकै केन्द्र भागमा पर्ने भरतपुर अस्पतालको सेवा सुविधा सुधार गर्न नेतृत्वलाई निर्देशन दिए । 
 

उनले टिकट काउण्डरको भिड कम गर्न र सेवा सहज बनाउन अनलाइन मार्फत टिकट काट्ने व्यवस्था सर्वसाधारणलाई सहज हुने गरी व्यवस्थित गर्न निर्देशन दिए भने अस्पतालमा रहेका बेड र आइसियु बेड खाली भए नभएको जानकारी वेबसाइटमा राख्न समेत उल्लेख गरे ।
 

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी ड्युटी समयमै निजी क्षेत्रका अस्पताल र क्लिनिकहरुमा जाने गरेको पाइएकाले ड्युटी समयमा अस्पताल छोडेर निजीमा जाने चिकित्सकलाई कारबाही गर्न भरतपुर अस्पतालको नेतृत्वलाई उनले आग्रह गरे ।
 

मन्त्री बस्नेतले न्यू आईसियी तथा सिसियू र पिआईसियूको उद्घाटन समेत गरे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update