Public Pana

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सल्लाहकार परिषदका सदस्य शंकर विश्वकर्माको निधन भएको छ ।

नेकपा एकीकृत समाजवादी रौतहट काठमाडौँ सम्पर्क मञ्चका पूर्व अध्यक्ष समेत रहनु भएका ५९ बर्षिय विश्वकर्माको उपचारको क्रममा अलका अस्पताल जाउलाखेलमा मंगलबार निधन भएको हो ।

यसैबीच शंकर विश्वकर्माप्रति श्रद्धाञ्जलीका लागि नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा राखिएको थियो ।

अध्यक्ष माधव नेपाल लगाएतका नेताले पार्टी कार्यालयमा विश्वकर्माप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए । 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update