Public Pana
नेम्वाङको निधनबाट मर्माहत भएको छु : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले संविधानसभाका अध्यक्ष तथा पूर्वसभामुख सुवास नेम्वाङको निधनले मर्माहत भएको जनाएका छन् ।
 

महाराजगन्जस्थित शिक्षण अस्पतालमा आज बिहान पुगेर प्रधानमन्त्री दाहालले नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
 

नेकपा (एमाले)का उपाध्यक्ष नेम्वाङको गएराति हृदयाघातका कारण निधन भएको थियो । नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा राखिएको छ ।

आज दिनभर पार्टी कार्यालयमा उनको पार्थिव शरीर राखिने एमाले नेताहरुले जानकारी दिएका छन् ।
com pm1694503223.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update