Public Pana
नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम र विदेशी पर्यटक नेपाल भित्राउन पहल गर्न प्रधानमन्त्री प्रचण्डको राजदूतहरुलाई निर्देशन

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशस्थित नेपाली दूतावासका राजदूतहरूलाई नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न निर्देशन दिएका छन् । 
 

श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको समाधानसम्बन्धी दुई दिवसीय अन्तर्क्रिरयामा बोल्दै प्रधानमन्त्री प्रचण्डले नेपाली श्रमिक तथा कामदारको हितलाई केन्द्रमा राखेर काम गर्न राजदूतहरूलाई निर्देशन दिएका हुन् । 
 

विदेशमा रहेका नेपाली कामदारहरूले अनेकन समस्या झेल्नुपरेको बारे उनले ध्यानाकर्षण गराए । 
 

सरकारले पहिलोपटक विदेशस्थित नेपाली राजदूतहरूलाई बोलाएर नेपाली श्रमिक तथा कामदारहरूले भोग्नुपरेका समस्या र कठिनाइहरूबारे छलफल गरेको हो । 
 

कार्यक्रममा राजदूतहरूले आफ्नो रिपोर्ट राख्नुका साथै आगामी कार्ययोजनासमेत निर्माण गरिएको छ ।
 

प्रधानमन्त्री प्रचण्डले छलफलमा राजदूतहरूले उठाएका विषयहरू सम्बोधन गर्दै निर्देशित गरेका हुन् ।

सम्बोधनमा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय कुटनीतिक सम्बन्ध, नेपालको पर्यटन प्रवर्द्धन र विदेशमा कार्यरत नेपाली श्रमिकको हितलाई केन्द्रमा राखेर काम गर्न जोड दिए ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update