Public Pana
नेम्वाङको कुर्सीमा माला सहित एमालेको आकस्मिक बैठक 

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको असामयिक निधनपछि उनी बस्ने कुर्सीमा माला राखेर एमालेको सचिवालय बैठक शुरू भएको छ ।

नेम्वाङको निधनपछि एमाले मुख्यालय ललितपुरको च्यासलमा बसेको बैठकमा नेम्वाङ बस्ने कुर्सीमा श्रद्धाञ्जलीस्वरूप माला राखिएको तस्वीरमा देख्न सकिन्छ ।

संविधानसभाका अध्यक्ष एवं पूर्वसभामुख नेम्वाङको निधनपछि एमालेको आकस्मिक बैठक बसेको हो । 

आज मंगलबार विहान १ बजे (गएराति) हृदयाघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासल पुयाइएको छ ।

भोली छोराहरू विदेशबाट फर्किएपछि नेम्वाङको अन्त्येष्टि हुनेछ । 

सरकारले राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र त्यस दिन सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update