Public Pana
पार्टी कार्यालय च्यासल लगियोे नेम्वाङको पार्थिव शरीर

संविधानसभाका अध्यक्ष एवं एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

अब श्रद्धाञ्जलीका लागि उनको पार्थिव शरीर ललितपुरको च्यासलस्थित एमाले मुख्यालयमा राखिने छ ।
 

भोलिसम्म नेम्वाङको पार्थिक शरीर च्यासलमा राखिने एमालेले जनाएको छ । नेम्वाङका दुई छोरा विदेशमा रहेकाले उनीहरु आएपछि अन्त्येष्टि गरिने छ ।

सरकारले नेम्वाङको अन्त्येष्टिमा राजकीय सम्मान दिने निर्णय गरेको छ । आज बिहान बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मान दिने निर्णय गरेको हो । यस्तै नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदासमेत दिने मन्त्रिपरिषद्ले निर्णय गरेको छ ।

नेम्वाङको आज मंगलबार बिहाने १ बजे (गएराती)हृदयघातबाट निधन भएको हो ।

उनको निधनमा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत राजनीतिक दलका नेता तथा कार्यकताहरुका साथै विभिन्न क्षेत्रका व्यक्तित्वले दुःख व्यक्त गरेका छन् । 

nembang1694501334.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update