Public Pana

सांसद तथा पूर्वा सभामुख नेम्वाङलाई सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको छ । सरकारले उहाँको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय समेत गरेको छ । 

मन्त्रिपरिषदको आज बिहान बसेको  बैठकले विदा तथा राष्ट्रिय सम्मान दिने निर्णय गरेको भूमिसुधार मन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिनुभयो । मन्त्री श्रेष्ठका अनुसार अन्त्येष्टि गरेको दिन सार्वजनिक विदा दिने निर्णय भएको छ ।

संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ ।

एक छोरा अष्ट्रेलिया र अर्का छोरा बेलायतमा रहेको र २८ गते उनीहरु फर्किने तयारी भए अनुसार स्वर्गीय नेम्वाङको २८ गते नै मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ ।

उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने मन्त्री परिषद्को निर्णयमा उल्लेख छ ।

नेम्वाङको गएराति हृदयघातको कारण निधन भएको हो । 

press- sar1694509655.jpg


 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १२:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update