Public Pana
मधेश प्रदेशकी सांसद बिन्दुकुमारीको मृत्यु

जनता समाजवादी पार्टी (जसपा) की मधेश प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन भएको छ ।
 

आज मंगलबार बिहान उपचारको क्रममा प्रादेशिक अस्पताल जनकपुरमा उनको निधन भएको जसपाका सचेतक रामअशिष यादवले जानकारी दिए ।
 

सांसद यादवको पार्थिव शरीर अहिले पार्टीको प्रादेशिक कार्यालयमा लगिँदैछ ।
 

पाठेघरको मुखको क्यान्सरबाट पीडित उनको लामो समयदेखि उपचार चलिरहेको थियो ।
 

सर्लाहीको कविलासी नगरपालिका सिर्सियाकी उनी गत निर्वाचनमा समानुपातिक तर्फबाट सांसद चुनिएकी थिइन् ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update