Public Pana
टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भूकम्प


अमेरिकाको टेक्सासमा ५ दशमलब ७ म्यग्निच्युडको भूकम्प गएको छ । भूकम्प स्थानीय समय अनुसार शुक्रबार साँझ ५ः३५ बजे टेक्सासबाट २२ किलोमिटर उत्तर पश्चिममा  करिब आठ किलोमिटर गहिराइमा गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । भूकम्प लगत्तै परकम्पन गएको थियो । 
भूकम्प टेक्सास राज्यको इतिहासमा चौथो शक्तिशाली भएको जनाइएको छ ।
‘टेक्सास राज्यको इतिहासमा यो चौथो शक्तिशाली भूकम्प हुनेछ’, राष्ट्रिय मौसम सेवाको मिडल्याण्ड कार्यालयले ट्वीट ग¥यो । भूकम्पले गरेको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । 
 
 

प्रकाशित मिति: शनिबार, पुस २, २०७९  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update