Public Pana
मन्त्रिपरिषद्को आपतकालीन बैठक, नेम्वाङलाई राजकीय सम्मान दिने तयारी

नेकपा एमालेका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि सिंहदरबारमा मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाइएको छ ।
 

बैठकले नेम्वाङप्रति शोक प्रस्ताव पारित गर्ने र उनको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गर्ने निर्णय लिन लागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।   
 

नेम्वाङको मंगलबार विहान १ बजे (गएराति) हृदयघातका कारण निधन भएको थियो । अहिले उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update