Public Pana
नेम्वाङ पार्टीको उपाध्यक्षमात्रै  नभएर हितैषी मित्र र सुख दुःखको साथी भएको एमाले अध्यक्ष ओलीको भनाइ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष सुवास नेम्वाङको निधनमा गहिरो समवेदना व्यक्त गरेका छन् । 
 

आज मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् ओलीले नेम्वाङ पार्टीको उपाध्यक्ष मात्र नभए हितैषी मित्र र सुख दुःखको साथीसमेत भएको बताएका छन् । 
लोकतान्त्रिक संविधान निर्माण गर्न नेम्वाङले याएको योगदान सधैं सम्झिरहने ओलीको भनाइ छ । 

 

“मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी मित्र र सुख दुःखको साथी हुनुहुन्थ्यो,  लोकतान्त्रिक संविधान निर्माण गर्न उहाँले पुर्याइएको योगदान सधैं सम्झिरहने छौं,” ओलीले लेखेका छन्, “मृदुभाषी, विनम्र, शालीन मेरा साथी सुवास नेम्वाङप्रति भावपूर्ण श्रद्धाञ्जली ! उहाँका जीवनसंगिनी र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु। श्रद्धाञ्जली सुवासजी !”

नेम्वाङको मंगलबार विहान १ बजे (गएराति) हृदयघातका कारण निधन भएको थियो । अहिले उनको शव त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

suvas1694479694.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update