Public Pana
उपाध्यक्ष नेम्वाङको निधन भएपछि एमालेले बोलायो सचिवालय बैठक

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।
 

पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधन भएपछि पार्टीको आकस्मिक रूपमा सचिवालय बैठक बस्न लागेको हो ।

सचिवालय बैठक आज बिहान ११ बजे पार्टी मुख्यालयमा बस्ने एमालेले जनाएको छ । गएराति  नेता नेम्वाङ हृदयाघातका कारण निधन भएको हो । 
 

उनको पार्थिव शरीरलाई ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ ।
 

नेम्वाङका दुवै छोरा विदेशमा छन् । 
 

भोली बुधबार दिउँसो मात्र नेपाल आइपुग्ने पार्टी कार्यालयले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update