Public Pana
आजपनि मेघगर्जन सहित पानी पर्ने

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ ।

साथै नेपालमा हाल  भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भूभागमा सामान्यतया बदली रहि देशका बाँकी भूभागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहेको छ । 

सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

दिउँसो, देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, बागमती,  गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा  बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

साथै लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
 

राती, देशभर आंशिक देखि सामान्य बदली रहनेछ ।

कोशी, मधेश, गण्डकी र बागमती प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update