Public Pana
टीकापुरमा स्कुल बस दुर्घटना, १५ जना घाइते

कैलालीको टीकापुरमा स्कुल बस दुर्घटनामा परेको छ ।

 टीकापुर नगरपालिका वडा नं. १ स्थित त्रिपथ विद्या निकेतनको स्कुल बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

विद्यार्थी पुर्याउन गएको स्कुल बस जानकी गाउँपालिका वडा नं. ९ कुन्तीस्थित रानी जमरा कुलाको नहरमा खसेको थियो ।

ना. ५ ख. ४५६४ नम्बरको उक्त बस नहरमा खस्दा १५ जना विद्यार्थी घाइते भएका छन् । 

घाइतेहरुलाई टीकापुर अस्पताल उपचार भएको छ ।

school5_1694480594.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update