Public Pana

नेकपा (एमाले) का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको शव आज र भोलि (मंगलबार र बुधबार) पार्टी कार्यालयमा राखिने भएको छ ।

भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने पार्टी कार्यालयले जनाएको छ । कार्यालयका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ ।

आज र भोलि श्रद्धाञ्जलीका लागि शव पार्टी कार्यालयमा राखिने छ । भोलि अपराह्नपछि मात्रै सुवासको अन्तिम संस्कार हुने छ । 

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । 

संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम—२ बाट निर्वाचित सांसद थिए। एमालेका संसदीय दलका उपनेता रहेका उनको आज मंगलबार बिहान १ बजे निधन भएको हो ।

उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ । 
हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पु-याइएको थियो । अस्पताल पु¥याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए । 

नेम्वाङ गत शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए । अस्ति आइतबार पनि दिनभर सिंहदरबारमै थिए ।

हिजो सोमबार चाहिँ असहज महसुस भएको भन्दै घरमा बसेको पारिवारिस श्रोतले जनाएको छ । 

२०६३ सालमा पहिलोपटक सभामुख बनेका नेम्वाङ अन्तरिम संसदमा समेत सभामुख थिए ।
पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख भएका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो ।

 

suvas1694479694.jpg
 

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update