Public Pana
पूर्वसभामुख एवं एमाले उपाध्यक्ष नेम्वाङको निधन

संविधानसभाका अध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको निधन भएको छ । 
 

काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा हृदयघात भएपछि अस्पताल लैजाने क्रममा निधन भएको अस्पताललाई उदृत गर्दै एमाले प्रमुख सचेतक पदम गिरीले जानकारी दिए ।
 

उनलाई त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । अहिले उनको पार्थिव शरिर त्रिवि शिक्षण अस्पतालमा छ ।
 

उनको निधनको खबरपछि एमाले नेताहरु शिक्षण अस्पताल पुगेका छन् ।

विसं २००९ फागुन २८ गते जन्मिएका नेम्वाङ नेपाली राजनीतिमा शालीन र सबैलाई मिलाएर जान सक्ने नेताकोरुपमा छवी बनाएका थिए । 

एमाले उपाध्यक्ष समेत रहेका नेम्बाङ २०६४ साल र २०७० सालको दुवै संविधानसभाका अध्यक्ष थिए । उनी हाल इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित सांंसद हुन् ।
 

एमाले अध्यक्ष केपी शर्मा ओली, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे लगायतका नेताहरु अहिले त्रिवि शिक्षण अस्पताल पुगेका छन् ।

subash-chandra-nembang1694479461.jpg

प्रकाशित मिति: मंगलबार, भदौ २६, २०८०  ०६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update