Public Pana
अध्यागमन विभागको महानिर्देशकमा रुद्रसिंह तामाङ

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङलाई सरुवा गरेको छ। 
 

यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करीमा संलग्न व्यक्तिहरुसँगको कनेक्सनका आधारमा मन्त्रालयमा तानिएका थिए । 
 

नयाँ महानिर्देशक तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । 

उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।
 

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव रामबन्धु सुबेदीको पनि सरुवा भएको छ । 
 

सुवेदीलाई दाङको प्रमुख जिल्ला अधिकारी बनाइएको छ ।
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १८:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update