Public Pana

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोशी प्रदेशको नामाकरणलाई लिएर जातिय दंगा भड्काउने प्रयास भइरहेको दाबी गरेका छन् ।
 

नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डले आज सोमबार बिराटनगरमा आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधनका क्रममा यस्तो बताएका हुन् । 
 

सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले प्रतिक्रिया वादी, धार्मिक अतिवादी र गणतन्त्रविरुद्ध लाग्नेहरुले प्रदेश नामाकरणलाई मुठभेटमा बदल्न खोजेको उल्लेख गरे ।
 

विवाद र मुठभेटबाटभन्दा सहमतिबाटै प्रदेशको नामाकरण विवादको अन्त्य गरिनुपर्ने उनले बताए।

यसका लागि सबै दल मिलेर वार्ता गर्नुपर्ने जिकिर उनले गरेका छन् ।
 

प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकारले एक्सन थालेपछि चालबाजी भइरहेको पनि बताएका हुन् । 
 

धमाधम भ्रष्टचारका फाइल खोल्न थालेपछि सरकारविरुद्ध विभिन्न खेल र षडयन्त्र सुरु भएको उनको भनाई थियो ।
 

उनले सरकारले नक्कली शरणार्थी, बालुवाटारको ललिता निवास र सुन तस्करी काण्डका फाइल खोलेर भ्रष्टचारविरुद्ध ठूलो योजनासहित काम गरिरहेको बताए ।
 

‘म सरकारमा जति दिन टिके पनि भ्रष्टचारविरुद्ध काम गरिरहन्छु’, उनले सन्देश सभामा भने । 

P.m. o1694430699.jpg
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update