Public Pana

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको छ ।

सोमबार ललितपुरमा तेजाव आक्रमण विरुद्धको जागरण दिवसमा अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रममा ओलीले अहिले सरकारले स्टन्डबाजीमात्रै गरेको भन्दै स्टन्डबाजी छाडेर जनताको समस्या समाधान गरेर सुशासनको बाटोतर्फ लाग्ने काम गर्न सरकारलाई सुझाव दिनुभएको हो ।

ओलीले सरकार नै तस्करीमा संलग्न भइ कमिसनखोरीमा डुवे जनताको समस्या नदेख्ने जिकिर गर्नुभयो ।

उहाले पहिले नै नाम लिएर आक्रमण गर्छु भन्दै हिड्दा पनि सरकारले कुनै चासो नलिदा कांग्रेस नेतामाथि खुकुरी प्रहार भएको बताउनुभयो ।

उहाले समाजमा हिंसा त्रास फैलाउन कुरामा सहयोगी नभएकै कारण ताप्लेजुङमा प्रहरी अधिकृतलाई हत्या गर्ने धम्की दिनु आंतककारी क्रियाकलाप भएको बताउनुभयो । ओलीले तेजाव आक्रमणको कानून लागू गर्न नदिने प्रयास गरेपनि आफ्नो नेतृत्वको सरकारले यसबिरुद्ध कडा कानून बनाएको दावी गर्नुभयो ।

उहाले तेजाव आक्रमण विरुद्धको कानूनलाई कडा रुपमा कार्यान्वयन नगरेसम्म यस्ता घटनामा कमि आउन नसक्ने जिकिर गर्नुभयो ।

कार्यक्रममा  एसिड जलन पीडित एवं रास्वपा सांसद विन्दबासिनी कंसाकारले तेजाव आक्रमण विरुद्धको कानूनलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न आफुले सदनबाट सक्दो भूमिका निर्वाह गर्ने बताउनुभयो ।

त्यस्तै एसिड जलन पीडित मुस्कान खातुनले एसिड पीडितलाई समाजमा निकै समस्या हुने गरेको भन्दै यसबिरुद्ध जनचेतना फैलाउनुपर्ने बताउनुभयो । उहाले आफूहरुको पीडा तत्कालिन सरकारले बुझेको र आवश्यक कानून ल्याएको भन्दै धन्यवाद दिनुभयो ।

तेजाब आक्रमणविरुद्ध जागरण अभिवृद्धि गर्न प्रत्येक वर्ष भदौ २५ गतेलाई तेजाब आक्रमणविरुद्धको जागरण दिवसका रुपमा मनाउने गरिन्छ । 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १६:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update