Public Pana
प्रधानमन्त्रीसँग अमेरिका मात्र १० जना जादै

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन् । 
 

संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए ।
जसमा प्रधानमन्त्रीको कार्यालय र सचिवालयका मात्रै १० जना बढी थिए। तर अब त्यो सूचीबाट आधाभन्दा धेरैको नाम हटाएर टोलीलाई सानो बनाइएको छ । 

 

देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई आज सोमबार निर्देशन दिएका हुन् । 
बाहिर चलेको चर्चा २४ जनाको थियो ।

त्यसमा आधाभन्दा पनि कमको टोली हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री, स्वकीय सचिव, दुईजना सुरक्षाकर्मी, फोटोग्राफरसहितको टोली एउटामा हुनेछ ।

त्यस्तै परराष्ट्रमन्त्रीको टोलीमा पनि त्यति नै संख्या गरेर मात्र १० जना हुने प्रधानमन्त्री कार्यालयको भनाइ छ । 
 

परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघीय महासभाका लागि भोली मंगलबार नै अमेरिकाको न्युयोर्क जादैछन् । 
 

प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update